You are viewing the translated version of धरौटी, बैङ्क ग्यारेन्टी र जेथा जमानत फुकुवा सम्बन्धी व्यवस्था.

Section 34
धरौटी, बैङ्क ग्यारेन्टी र जेथा जमानत फुकुवा सम्बन्धी व्यवस्था
(१) अदालतबाट स्वीकार गरिएको धरौटी, बैङ्क ग्यारेन्टी र जेथा जमानत मुद्दाको अन्तिम किनारा नभएसम्म फुकुवा गरिने छैन।
(२) अभियुक्तले नगद धरौटी राखेकोमा त्यस्तो धरौटीलाई बैङ्क ग्यारेन्टी वा जेथा जमानतमा परिवर्तन गरिने -छ्ैन।
(३) धरौटी, बैङ्क ग्यारेन्टी र जेथा जमानत फिर्ता लिन पुनरावेदन नपरेकोमा फैसला भएको मितिले र पुनरावेदन परेकोमा मुद्दाको अन्तिम फैसला भएको जानकारी पाएको मितिले एक वर्षभित्र निवेदन दिनु पर्नेछ।
(४) धरौटी, बैङ्क ग्यारेन्टी वा जेथा जमानत फुकुवा गर्न निवेदन दिँदा देहायका कागजातहरू पेस गर्नु पर्नेछः-
(क) फेसलाको प्रमाणित प्रतिलिपि,
(ख) निवेदकको नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रमाणित प्रतिलिपि,
(ग) धरौटी राखेको सक्कल रसीद,
(घ) बिगो भराउने वा जरिबाना तिर्नु पर्ने फैसला भएकोमा त्यस्तो बिगो वा जरिबाना बुझाएको रसीद र कैद सजाय भएको हकमा त्यस्तो कैद भुक्तान भएको निस्सा,
(ङ) अन्य कारबाही भएकोमा सो भुक्तान भएको जानकारी वा निस्सा ।